प्यूठान । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार मल्लरानी र सरुमारानी गाउँपालिकाको बेरुजु शुन्य रहेको छ । त्यस बाहेक अरु सात वटा पालिकाको बेरुजु यस्तो छ ।

प्यूठान नगरपालिकाको बेरुजु १२ लाख ३७ हजार अर्थात ०.०८ प्रतिशत
स्वर्गद्वारी नगरपालिकाको बेरुजु २ करोड ६६ लाख ६ हजार अर्थात २.४६ प्रतिशत
ऐरावती गाउँपालिकाको बेरुजु १ करोड ९५ लाख ४२ हजार अर्थात २.१८ प्रतिशत
गौमुखी गाउँपालिकाको बेरुजु १४ लाख २१ हजार अर्थात०.१४ प्रतिशत
झिमरुक गाउँपालिकाको बेरुजु १३ लाख ५ हजार अर्थात ०.१३ प्रतिशत
नौबहिनी गाउँपालिकाको बेरुजु ३ लाख ९० हजार अर्थात ०.०३ प्रतिशत
माण्डवी गाउँपालिकाको बेरुजु १७ लाख ६९ हजार अर्थात ०.२० प्रतिशत






