प्यूठान । मल्लरानी गाउँपालिकाको २ नम्वर वडामा गठबन्धनको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार लेख बहादुर थापा सहितको सवै सदस्य विजयी हुनुभएको हो ।
थापाले ६६० र एमालेका उम्मेदवार रामु पौडेलले ५७५ मत प्राप्त गर्नुभएको छ । थापा यसअघि पनि वडा अध्यक्ष निर्वाचित हुनुभएको हो ।
महिला सदस्य सिता पुन, दलित महिला सदस्य सिता नेपाली, खुल्ला सदस्य गणेश बहादुर घर्ति क्षेत्री र जीवन घर्ति मगर विजयी हुनुभएको छ ।
अहिले मल्लरानी ३ को मतगणना चलिरहेको छ ।
