प्यूठान, ४ जेष्ठ । युवा हित मञ्च प्यूठान नगरपालिका २ ले आइतवार जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
प्यूठान नगरपालिका १ को सालघारी, खैरा कुम्भिकोट, मान्डबि गाउँपालिकाको तिराम, चकचके र सरुमारानिको गाउँपालिकाको बडडाडा लगाएतका विकट क्षेत्रमा जनचेतनामुलक माइकिङ अभियान संञ्चालन गरिएको संस्थाका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

मञ्चले जिल्लाको केहि स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको र अन्य स्थानमा पनि क्रमश कार्यक्रम गरिदै जाने पोख्रेलले वताउनुभयो । उहाँले भन्नुभयो प्रहरीको साझेदारीमा कोरोनावाट वच्न र वचाउनका लागि गाँउगाँउमा गएर सचेतना मुलक अभियान सञ्चालन गरिरहेका छौँ ।
लकडाउनको समयमा सरकार र विश्व स्वास्थ्य संगठनको अनुरोधलाइ पालना गर्न समेत आग्रह गरिएको उहाँको भनाई छ ।






