राष्ट्रियसमाजस्थानीय सरकार

झिमरुक गाउँपालिकाको २ वटा याेजना छानबिनको घेरामा

प्युठान । प्युठानकाे झिमरुक गाउँपालिकामा सम्पन्न भएका २ वटा याेजना छानबिन गर्न अनुगमन समिति गठन गरी यथार्थ सुझाब पठाउन जिल्ला समन्वय समिति प्युठानले झिमरुक गाउँपालिकालाई पत्राचार गरेको छ ।

 

“गाउँपालिका अन्तर्गत वडा नम्बर ५ मा निर्माणधिन हाेमस्टे हल तथा वडा नम्बर ३ काे वडा कार्यलय भवनकाे अबस्था हेर्दा नियम संगत तथा मापदण्ड अनुसार नभएकाे भन्ने बुझिएकाेले छानबिन समिति गठन गरि यथार्थ के हाे सुझाबका लागि अनुरोध छ” पत्रमा लेखिएको छ ।


करिब ६० लाख रुपियाँ लगानीमा निमार्ण गरिएकाे वडा कार्यालय तथा ६९ लाख रुपियाँकै लगानिमा निर्माणधिन रहेकाे हाेमस्टे भबनका बिषयमा कार्यपालिकाकाे बैठक बसि अध्ययन अनुगमन तथा छानबिन कार्यदल बनाईने झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर एम.सी.ले बताउनुभयाे ।

Related Articles

Back to top button