भुकम्प प्रभावितलाई प्युठान उद्योग वाणिज्य संघको सहयोग
प्युठान । प्युठान उद्योग वाणिज्य संघले भुकम्प प्रभावितको लागिआर्थिक सहयोग उपलब्ध गराएको छ । संघले ७६ हजार ५९५ रुपियाँ उपलब्ध गराएको हो ।
संघका पुर्व अध्यक्ष ईमानसिंह भारतीले प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई चेक हस्तान्तरण गर्नुभएको कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो । हस्तान्तरणमा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
