समाज

प्यूठान नगरपालिका ३ नं. वडालाई राहत सामाग्री

सहयोगको विवरण सहित

कमल बि.क., २ वैशाख ।
प्यूठान नगरपालिका ३ बिजयनगर वडाका लागि व्यक्ति तथा संस्थाबाट राहत सामाग्री सहयोग उपलब्ध भएको छ ।

वडा समितिको बैठकले राहतको लागि सहयोग रकम जुटाउने निर्णय गरेसँगै मंगलबार सहयोग प्राप्त भएको वडा अध्यक्ष प्रेम हमालले जानकारी दिनुभयो । वैशाख ५ गते पुनः सर्वदलीय वैकठवसी छुट भएका राहत पाउने व्यक्तिको नामावली संकलन र छानविन गरी वितरण गरिने भएको छ ।

वडाबाट पहिलो चरणमा १७१ जनालाई राहत वितरण गरिएको छ । जसमध्ये ४० जना डेरामा बसेका, श्रमिक वर्गलाई वितरण गरिएको छ ।

वडाअध्यक्षले सहयोगीदातालाई धन्यवाद दिदैं सहयोग गर्न चाहनेको लागि सम्पर्क गर्न समेत आवह्वान समेत गरिएको जानकारी दिनुभयो ।
सहयोगको विवरणः
१. कृष्ण बहादुर खड्का (जाल्पा देवि ग्रील उद्योग जुम्री) रु. ५०,००० (चामल)
२. बिजयनगर महिला साना किसान कृषि सहकारी सस्था रु. १०,०००।–
३. प्रेम बहादुर हमाल रु. १०,०००।– (तेल)
४. प्रमोद खड्का रु. ५,०००।–
५. छन्द बहादुर कुमाल रु. ३,०००।–
६. बुद्धि राम गुरुङ रु. ३,०००।–
७. कल्पना घर्ती रु. ३,०००।–
८. भाईरती कामी रु. ३,०००।–
९. चन्द्र घर्ती, साबुन ५० पिस र मास्क २०० पिस

Related Articles

Back to top button