साहित्य सृजना

गजल !

  • सुरेश कुमार पाण्डे

के उब्जिन्थ्योर बारीमा सिँचाई नभए पछि,
मल बिउ नि आउँदैन एक पाई नभए पछि।

भन्थे अब देशको मुहार फेरीन्छ युवा फर्के,
कस्ले साथ दिन्छ नेता को भाई नभए पछि।

बस्थे युवाहरु सरकार ले साथ दिएको भए,
देश भित्र भ्रष्टचार अनि महेँगाई नभए पछि।

बिकासको त मुहाननै टालेका छन नेताहरु,
हुन्थ्यो बिकास छिमेकी ठुलदाई नभए पछि।

मोर्नु भन्दा बौलाउँन ठिक भयो जनता लाई,
बस्ने थिए देशभित्र समस्या थाई नभए पछि।

हो फर्केकै थिए देशको माटोमा मर्ने बर्ण गर्दै,
को जानेथ्यो र देशमा ठुलो खाई नभए पछि।

भोक रोग शोक ले चिल्लि बिल्ली घर घर मा,
कसरी पाल्ने बच्चा आना कमाई नभए पछि।

Related Articles

Back to top button