शिशिर के.सी
स्वर्गद्वारी नगरपालिका-८
✍️✍️गजल ✍️✍️
छ कोहि मन मुटुमा छ, तर धेरै दुर छ
जहाँ रहेपनी सम्बन्ध सधै सुमधुर छ ।
देखेको छैन आफ्नै ड्रीम गललाई मैले
देख्न नपाउदा खेरि मन सधै आतुर छ ।
माया यसरी बढिरहोस दुबैको सधैभरी
मिले चाडै बेहुली बनाई भित्राउने सुर छ ।
गीत जसरी अपुरो रहन्छ संगीत बिनाको
उनी नभए निशब्द , सपना चकनाचुर छ ।
प्रिय रहोस, जीवन अनि पूरा हुन तिम्रा सपनी
जीउनु खुसी हुँदै , सधै सबैको लागि प्रिय बनी ।
भविष्यको चिन्तन गरिदिए उज्ज्वल हुन्छ जीवन
तारिफको हकदार आफू बन्नु ,दिन नपरोस भनी ।
एकवारको जीवनको महत्व,पहिचान रहोस छुट्टै
दुस्खमा साथ, सुख साटासाट बन्नु मनको धनी ।
अमर रहिरहोस साथीत्व रहोस उसको माया पनि
साच्चिकै खास हुने रहेछ कसैको प्रीय साथी बनी ।
प्रशंसा गर्दा सुन्नेलाई सुन्ने मन होस हाम्रो मित्रताको
गर्वका साथ भन्न पाइयोस म उसकै साथी हु भनी ।
संसारमा सुख कहाँ पाइन्छ ? उत्तर छ मसङ्ग माग
जसले तपाइँको खुसी चाहन्छ ,उहीँ हो मनको धनी ।
माया ,सद्द्भाव, विश्वास ,उत्तप्रेरणाको स्रोत हो साथी
निस्शब्द रहन्छ साथीको माया सकिँदैन कहिले गनि ।
