प्यूठान । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम मल्लरानी गाउँपालिकाको गाउँ सभाले पास गरेको छ । ४१ करोड २४ लाख ६८ हजार ६ सय ४ रुपियाँ बराबरको बजेट आज बसेको गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत पारित गरेको हो ।
गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन, शुसासन प्रर्वद्धन, पोषणमैत्री कार्यक्रम, जेष्ठ नागरिकलाई घरदैलोमा नि:शुल्क सेवा, लैंगिक समानाता तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरुलाई प्राथमिकता दिएको प्रवक्ता लेख बहादुर थापाले जानकारी दिनुभयो ।
गाउँसभाले बजेट, मल्लरानी गाउँपालिकाको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, मध्यमकालिन खर्च संरचनाको अनुगमन समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को योजना जाँचपास तथा फरफारक समितिको प्रतिवेदन र न्यायिक समितिको वार्षिक प्रतिवेदनमा दफावार छलफल गरि पारित गरेको प्रवक्ता थापाले बताउनुभयो ।
गाउँसभाले पास गरेका नीति, कार्यक्रम तथा बजेटक केहि दिनमै पालिकाको वेभसाईटमा राखिने प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो ।

