> समाज > प्यूठानमा ५० प्रतिशत बढी पाठ्यपुस्तक उपलब्ध


प्यूठानमा ५० प्रतिशत बढी पाठ्यपुस्तक उपलब्ध

प्यूठान । देशव्यापी पाठ्यपुस्तकको अभाव भइरहेका बेला जिल्लामा पाठ्यपुस्तक विनै पठनपाठन चलिरहेको छ । यो शैक्षिक शत्रमा कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन भएको छ । परिवर्तन भएको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक विद्यालयमा नआउँदा पाठ्यक्रमको आधारमा शिक्षकले पढाउने गरेका छन ।

 

ऐरावती गाउँपालिका–३ पकला स्थित धर्मोदय माविका विद्यार्थीलाई पाठ्यक्रमका आधारमा विषयवस्तुमाथी सामान्य छलफल गराउँदै आएको शिक्षक सरद पोख्रेलले बताउनुभयो । “नयाँ पाठ्यक्रम अनुसारको किताव आइपुगेको छैन,” उहाँले भन्नुभयो, “पाठ्यक्रमको आधारमा विषयवस्तुमाथी छलफल गर्ने गरेका छौं ।” ४, ७ र ९ कक्षाका विद्यार्थीलाई पाठ्यक्रम अनुसार विषयवस्तुबारे जानकारी दिने गरि पढाइएको उहाँले बताउनुभयो ।

 

देशव्यापी पाठ्यपुस्तकको अभावको असर आफ्नो पालिकामा परेको माण्डवी गाउँपालिकाको शिक्षा शाखा प्रमुख तुल्सी कार्की बताउनुहुन्छ । “देशव्यापी समस्या हो,” उहाँले भन्नुभयो,“हाम्रो पालिकामा पनि अभाव नै छ ।” पाठ्क्रम परिवर्तन भएका कक्षाका बालबालिकालाई शिक्षकहरुले पाठ्यक्रम अध्ययन गरेर पढाउन सक्ने उहाँको भनाई छ । “इन्टरनेटबाट पाठ्यक्रम हेरेर पढाउन सकिन्छ,” कार्कीले भन्नुभयो,“कतिपय शिक्षकले त्यसैगरि पढाउनुभएको छ ।”

 

जिल्लामा अहिलेसम्म ५० प्रतिशत पुस्तक आएको नेपाल पुस्तक व्यवसायी संघ जिल्ला शाखा प्यूठानका वरिष्ठ उपाध्यक्ष रमेश गिरील बताउनुभयो ।“५०÷५२ प्रतिशत पुस्तक अहिलेसमम आएको छ,” उहाँले भन्नुभयो,“सवै पालिकामा समानुपातिक रुपमा वितरण भएको छ ।”