राजनीति

कांग्रेस प्यूठानको अधिवेशन : एक ठाउँमा निर्वाचन, अरु सर्वसम्मत

प्यूठान, ९ असोज । नेपाली कांग्रेस प्यूठानको पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ९ वटा पालिकामध्ये एउटामा निर्वाचन र अरु पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

 

प्यूठानको गौमुखी गाउँपालिकामा निर्वाचन भएको हो । निर्वाचनबाट मधुराम केसी सभापतिमा निर्वाचित हुनुभएको हो । केसीले ७७ मत र उहाँको प्रतिस्पर्धी गोविन्द बुढाले १८ मत ल्याउनुभएको थियो ।

 

अधिवेशनबाट सरुमारानी गाउँपालिकामा लक्ष्मण जिसी, माण्डवी गाउँपालिकामा प्रकाश अधिकारी, ऐरावती गाउँपालिकामा अमर रेश्मीमगर, स्वर्गद्धारी नगरपालिकामा गिर बहादुर घर्ति, प्यूठान नगरपालिकामा नेत्र बहादुर केसी, नौबहीनी गाउँपालिकामा देविराम पुन, झिमरुक गाउँपालिकामा मिनराज भट्टराई र मल्लरानी गाउँपालिकामा रमेश कुमार श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएको छ ।

Related Articles

Back to top button