प्यूठान । मल्लरानी गाउँपालिका वडा नम्वर ४ खलंगा स्थित शिउ गुठीलाई स्थानीय समाजसेवी शिवराज श्रेष्ठले ५० हजार रुपियाँ नगद सहयोग गर्नुभएको छ ।
गुठी समितिका सदस्य समेत रहनुभएका श्रेष्ठले शनिबार भएको गुठी पुजाको अवसरमा रकम प्रदान गर्नुभएको हो । शिउ गुठीलाई थप व्यवस्थित बनाउनका लागि आर्थिक सहयोग उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो ।

शिउ गुठीमा आवद सदस्यले समुदायको हितका लागि विभिन्न काम गर्दै आएको छ । गुठीलाई थप व्यवस्थित र आयआर्जनको पाटोमा जोड्नका लागि समेत पहल गर्नुपर्ने भन्दै उहाँले सहयोग उपलब्ध गराउनुभएको हो ।
समाजसेवी श्रेष्ठले गरेको कार्यको खलंगा सरोकार समुहले प्रशंसा गरेको छ । खलंगा सरोकार समुहका संयोजक मनोज कुमार श्रेष्ठले सामाजिक क्षेत्रमा कृयाशिल श्रेष्ठले गरेको काम अरु व्यत्तिका लागि समेत प्रेरणामुलक भएको बताउनुभयो ।
