> समाज > निजामति कर्मचारी संगठनको स्थापना दिवसः क्यान्सरको विरामीलाई सहयोग


निजामति कर्मचारी संगठनको स्थापना दिवसः क्यान्सरको विरामीलाई सहयोग

प्यूठान । आज नेपाल निजामति कर्मचारी संगठनको स्थापना दिवस । दिवसको अवसरमा संगठनले प्यूठानमा एक जना क्यान्सरको विरामीलाई आर्थिक सहयोग गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय प्यूठानमा कार्यरत सगुन शाक्यको श्रीमती कृष्णा अधिकारीलाई उपचारको लागि सहयोग स्वरुप ३० हजार रुपियाँ सहयोग गरेको संगठनका उपाध्यक्ष भक्तराज गिरीले जानकारी दिनुभयो । उक्त रकम प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई हस्तान्तरण गरिएको समेत उपाध्यक्ष गिरीले बताउनुभयो ।

 

३२ औं स्थापना दिवसको अवसरमा नयाँ वर्षको शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *