साहित्य सृजना

गजल

सुरेश कुमार पाण्डे

आफ्ना सन्तानहरु देश भत्रि अटाउँनु पर्ने,
सरकारले समिानामा सैनकि खटाउँनु पर्ने।

यही देशमा जन्मिएका काखमा हुर्कीएका,
युवा शक्त्तीहरु देशको समिा नकटाउँनु पर्ने।

सबै जातका फुल फुल्ने बगैचा देश हाम्रो।
सबैलाई एकताको पाठ समेत रटाउँनु पर्ने।

अतिक्रमणका खुनी पञ्जा लिएर आएका,
त्यस्ता दुश्मन हरुलाई अब त ठटाउँनु पर्ने।

देशभक्ता शंघर्षको मैदानमा थाकेपछी हेर,
एकले अर्काको हातलाई नी बटाउँनु पर्ने।

देशको लागी एउटा यस्तै नारा हुँनुपर्ने थ्यो,
अखण्ड देशको नमित्ति घाँटी सटाउँनु पर्ने।

Related Articles

Back to top button