साहित्य सृजना

गजल !

  • सुरेश कुमार पाण्डे

नागरीकको शुरक्षा गर्ने सरकार चाहिन्छ,

देशको लागि मै हुँ भन्ने हकदार चाहिन्छ।

 

जनता लाई आफ्नै देशभित्र बाँच्न सक्ने,

एउटा बिस्वाशिलो यँहा आधार चाहिन्छ।

कुर्चिको सदैभरी खिचलो छाडेर सरकार,

देश हितमा सदै राम्रो कार्याभार चाहिन्छ।

देश जनताको हो तिमिले प्याउते नसम्झे,

दुष्ट सँग लड्न देशभित्र औजार चाहिन्छ।

 

जनतालाई भेडा बाख्रा सम्छने भुल नगर्नु,

अखण्ड देशका लागि जन प्यार चाहिन्छ।

दिनौ बलत्कार भएकाछन चेली बेटी यँहा,

अन्यायको बिरुद्ध शंघर्ष बारबार चाहिन्छ।

 

सरकार झण्डा रातो भएर मात्रै पुग्दैन यँहा,

समाजबादी भन्ने त उस्तै ब्यबहार चाहिन्छ।

Related Articles

Back to top button