आर्थिकराष्ट्रियसमाज

कोरोनाले स्वर्गद्धारी आश्रम प्रभावित

क्यान्टिन, धर्मशाला, प्रसाद वितरण बन्द

प्यूठान, ८ चैत ।
प्यूठानको पवित्र धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्धारी आश्रमले कोरोना संक्रमणलाई लक्षित गरी भक्तजनहरुलाई दिने सेवा बन्द गरेको जनाएको छ । आश्रमले शनिबार विज्ञप्ती जारी गरी सरकारले गरेको निर्देशन अनुसार धार्मिक देवपुजन, गौसेवा तथा होमादी क्रिया बाहेकका भक्तजनहरुलाई लक्षित गरेर सञ्चालित क्यान्टिन, धर्मशाला, प्रसाद वितरण बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले जानकारी दिनुभयो ।


के छ स्वर्गद्धारीको विशेषता ?
पाँच नम्वर प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल स्वर्गद्वारीमा आन्तरीक तथा बाह्य पर्यटक दिनप्रतिदिन बढ्दै गएका छन् । स्वर्गद्वारी आश्रममा वार्षिक आउने पर्यटकमध्ये आधा भारतबाट आउने गरेका छन् । वार्षिक तीन लाख पर्यटक यहाँ आउने गरेको आश्रमको तथ्याङमध्ये आधा भारतबाट आउने गरेको तथ्याङ्क छ ।
पछिल्लो समय भारतबाट मोटरसाइकलमा र गार्डी रिजर्भ गरेरै आउन थालेको आश्रमका प्रमुख प्रशासकीय अधिकतृ हरि अधिकारीले बताउनुभयो । समुन्द्री सतहदेखि करिव दुई हजार एक सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारीबाट विभिन्न हिमश्रृङ्खाको दृश्यावलोकन गर्न सकिन्छ ।
बैशाखे पुर्णिमा, तिहारको गाइतिहारे औंशी, दशै, माघेसंक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ । अन्य समयमा पनि दैनिक पुजापाठ चल्ने गर्दछ । आश्रममा वि.सं. १९५२ सालदेखि निरन्तर अखण्ड यज्ञ चलिरहेको छ । आश्रममा करिव पाँच सय गाई रहेका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत दाङको भालुवाङ देखि प्यूठानको भिंगृसम्म पक्की सडक र भिंग्रीदेखि १२ किलोमिटर कच्ची सडक पार गरेर स्वर्गद्वारी पुग्न सकिन्छ ।

Related Articles

Back to top button