खेलकुदस्थानीय सरकार

सरूमारानीमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सरस्वती मावि चाभा प्रथम

प्यूठान । प्यूठानको सरूमारानी गाउँपालिकामा आयोजित अन्तरविद्यालय स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।

सरूमारानी गाउँपालिका–२ स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय चाभाले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका विद्यालय मध्ये सरस्वती मावि चाभाले ८ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै सरस्वती माध्यमिक विद्यालय बाङ्गेसालले ५ स्वर्ण, १० रजत र ४ कास्य गरी कुल १९ पदक सहित द्वितीय स्थान प्राप्त गरेको छ भने सत्य माध्यमिक विद्यालय ददेरीले ५ स्वर्ण, १ रजत र ६ कास्य गरी कुल १२ पदकसहित तृतीय स्थान हासिल गरेको छ ।

प्रतियोगिताको समापनसँगै उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, खेलाडी तथा सहयोगीहरूलाई धन्यवाद दिनुभयो ।

गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरले प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, प्रतिभा र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button