> स्थानीय सरकार > मल्लरानी गाउपालिकाका किसानलाई बाख्रापालन तालिम


मल्लरानी गाउपालिकाका किसानलाई बाख्रापालन तालिम

प्यूठान । मल्लरानी गाउँपालिका-५ सरङ्गकोट र यस क्षेत्रका किसानहरुलाई तीन दिने बाख्रापालन तालिम दिइएको छ ।

 

मल्लरानी गाउँपालिकाले यस क्षेत्रलाई बाख्राको श्रोत केन्द्रको रुपमा बिकास गर्ने गरि ३१ जना बाख्रापालक किसानहरुलाई तालिम दिइएको पशुसेवा शाखा प्रमुख बाबुराम न्यौपानेले बताउनुभयो ।

 

निर्वाहमुखी पशुपालनलाई सुधार गरि व्यवसायिक पालन शुरु गरिने कृषक समुहकी अध्यक्ष सीता घर्तीले बताउनुभयो ।

शुक्रवार तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले किसानले उत्पादन गरेको बस्तु बिक्रीमा आधारित गाउँपालिकाले नगद अनुदान दिने गरेको बताउनुभयो । आत्मनिर्भर सहित निर्यात हुने गरि उत्पादनमा लाग्न अनुरोध गर्दै उहाले बजारिकरणमा कुनै समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका प्रमुख चुमान सिंह गिरीले पशुपालनसङ्गै यस क्षेत्रलाई तरकारी जोन बनाउने गरि कार्यक्रम अघि बढेकोले पशुपालनले समेत टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । गाउँपालिकासङ्ग समन्वय गरि दुबै कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिने उल्लेख गर्नुभयो । कार्यालय मार्फत यसअघि घाँस खेती कार्यक्रम सम्पन्न भएकोछ ।

 

तालिमको सहजीकरण पशुसेवा शाखा प्रमुख बाबुराम न्यौपाने, बशुदेव श्रेष्ठ, अर्जुन श्रेष्ठले गर्नुभएको थियो ।
समापन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गोपाल बहादुर थापाले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *