काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य निमा गिरीले पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक, सामाजिक तथा सांगठनिक विषयमा विचार राख्दै पार्टीभित्र लैङ्गिक समानता, डिजिटल हिंसा, युवा असन्तुष्टि, सुशासन र संगठन सुदृढीकरणका सवाललाई प्राथमिकताका साथ उठाउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको दोस्रो दिन आफ्ना धारणा राख्दै गिरीले हिंसालाई महिला वा पुरुषसँग मात्र जोडेर हेर्न नहुने बताउनुभयो । “हिंसाको लिङ्ग हुँदैन, हिंसा महिला वा पुरुषले गर्ने होइन, हिंस्रक व्यक्तिले गर्छ,” उहाँको भनाई थियो ।
उहाँले ‘महिलाविरुद्धको हिंसा निजी विषय होइन, यो राजनीतिक मुद्दा हो’ भन्दै पार्टीभित्र हुने महिला हिंसा तथा डिजिटल हिंसाका घटनाको सुनुवाइ र सम्बोधन गर्न लैङ्गिक संवेदनशीलता तथा समानता (GESI) विभाग गठन गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।
गिरीले डिजिटल प्रतिनिधि कार्यक्रम मार्फत स्थानीय तहमा पुग्दा केन्द्रबाट पठाइएका सन्देश समेत धेरैले ‘स्क्याम’ (ठगी) ठानेर नखोल्ने गरेको अनुभव सुनाउनुभयो । यसले पार्टीका सूचना तथा सन्देशप्रति नागरिकमा विश्वास जगाउनुपर्ने आवश्यकता औँल्याएको उहाँको भनाइ थियो ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा उठेको ‘Quit your party or lose us’ नाराको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । युवाले पारदर्शिता, रोजगारी र जवाफदेहिता खोजेको उल्लेख गर्दै उहाँले आन्दोलनले उठाएका मुद्दालाई पार्टीले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । काठमाडौं महानगरपालिकाका बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रतिबद्धतासमेत पछि कार्यान्वयनमा नरहेको प्रसंग उठाउँदै उहाँले पारदर्शिताका सवालमा पार्टी र नेतृत्वले जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले देशमा सातवटा संविधान बनेका र ठूला राजनीतिक आन्दोलन भएका भए पनि नागरिकलाई सामान्य सार्वजनिक सेवाका लागि लाइनमा बस्नुपर्ने संस्कार, सार्वजनिक शौचालय सफा राख्नुपर्ने जिम्मेवारी र नागरिक अनुशासनबारे पर्याप्त शिक्षा दिन नसकिएको टिप्पणी गर्नुभयो ।
विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने विषयमा पनि उहाँले प्रश्न उठाउनुभयो । राजनीतिक विचार र सिद्धान्त बुझ्ने तथा छलफल गर्ने विषयलाई अपराध जस्तो व्यवहार गर्दै विद्यालयमा हस्तक्षेप गरिएको उहाँको टिप्पणी थियो । “दुईवटा कुरा लयमा चल्नुपर्छ—विद्यालय र न्यायालय । तर दुवै लयमा चलेका छैनन्,” उहाँले भन्नुभयो ।
कृषि क्षेत्रको अवस्थाबारे धारणा राख्दै गिरीले वास्तविक कृषकको लगानी डुब्ने तर कृषकलाई औजार तथा सामग्री बिक्री गर्ने व्यापारी धनी हुने अवस्था रहेको बताउनुभयो । नीति निर्माण गर्दा वास्तविक उत्पादन गर्ने कृषकको समस्या र आवश्यकता बुझ्न नसकिएको उल्लेख गर्दै उहाँले कृषकको पहिचान र कृषि नीतिमा पुनर्विचार गर्नुपर्ने संकेत गर्नुभयो ।
सुदूरपश्चिम यात्राका क्रममा केन्द्रीय सदस्य अम्बिका चलाउनेसँगै पैदलयात्रामा रहँदा बाजुराका महिलासँग भएको संवाद सुनाउँदै उहाँले जनताले बुझ्ने भाषामा राजनीति र विकासका कुरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुई वर्ष लाग्ने सडक बालेनले डेढ वर्षमै बनाउने भन्ने जनतामाझ परेको प्रभावलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले जनताको बुझाइ र अपेक्षालाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले माओको भनाइ उद्धृत गर्दै ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ भन्ने प्रसंगबाट वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्नुभयो । अहिले जनतामाझ बजिरहेको राजनीतिक धुनको वास्तविक अर्थ बुझाउनुपर्ने भन्दै उहाँले गलत राजनीतिक भाष्य र भ्रम चिर्न पार्टीले प्रभावकारी संवाद गर्नुपर्ने बताउनुभयो । बालेनले जनता र कार्यकर्ता भेटेनन् भन्दैमा कांग्रेसले पनि जनतासँग भेटघाट र संवाद गर्न छोड्न नहुने उहाँको धारणा थियो । पार्टीले आफ्नै मौलिकता र जनतासँगको सम्बन्ध जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांगठनिक विषयमा गिरीले जिल्ला, प्रदेश तथा भ्रातृ संगठनका अधिवेशन तत्काल गर्नुपर्ने माग राख्नुभयो । पार्टीको प्रदेश सरकारबाट बाहिरिने निर्णयले पार्टीलाई फाइदा नभई घाटा पुगेको उल्लेख गर्दै उहाँले संगठनात्मक एकता र आत्मबल कायम राख्नुपर्ने बताउनुभयो ।
कांग्रेसको तयारी र कार्यशैलीमाथि व्यङ्ग्यात्मक टिप्पणी गर्दै राजमार्गमा ट्र्याक्टर कुदेजस्तो नभई फक्सवागन गाडी कुदे जस्तो व्यवस्थित, गतिशील र प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो ।
कांग्रेस केन्द्रीय समिति बैठकमा निमा गिरी : लैङ्गिक हिंसाको सुनुवाइदेखि युवाको विश्वास फर्काउनेसम्म
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य निमा गिरीले पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक, सामाजिक तथा सांगठनिक विषयमा विचार राख्दै पार्टीभित्र लैङ्गिक समानता, डिजिटल हिंसा, युवा असन्तुष्टि, सुशासन र संगठन सुदृढीकरणका सवाललाई प्राथमिकताका साथ उठाउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको दोस्रो दिन आफ्ना धारणा राख्दै गिरीले हिंसालाई महिला वा पुरुषसँग मात्र जोडेर हेर्न नहुने बताउनुभयो । “हिंसाको लिङ्ग हुँदैन, हिंसा महिला वा पुरुषले गर्ने होइन, हिंस्रक व्यक्तिले गर्छ,” उहाँको भनाई थियो ।
उहाँले ‘महिलाविरुद्धको हिंसा निजी विषय होइन, यो राजनीतिक मुद्दा हो’ भन्दै पार्टीभित्र हुने महिला हिंसा तथा डिजिटल हिंसाका घटनाको सुनुवाइ र सम्बोधन गर्न लैङ्गिक संवेदनशीलता तथा समानता (GESI) विभाग गठन गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।
गिरीले डिजिटल प्रतिनिधि कार्यक्रम मार्फत स्थानीय तहमा पुग्दा केन्द्रबाट पठाइएका सन्देश समेत धेरैले ‘स्क्याम’ (ठगी) ठानेर नखोल्ने गरेको अनुभव सुनाउनुभयो । यसले पार्टीका सूचना तथा सन्देशप्रति नागरिकमा विश्वास जगाउनुपर्ने आवश्यकता औँल्याएको उहाँको भनाइ थियो ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा युवाले आवाज उठाय‘Quit your party or lose us’ नारा लगाय किनकि युवाले पारदर्शिता, रोजगारी र जवाफदेहिता खोजेको उल्लेख गर्दै उहाँले आन्दोलनले उठाएका मुद्दालाई पार्टीले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । यहि कुरालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका तत्कालिन मेयरले नगर सभाको बैठक प्रत्यक्ष प्रसारण गरेर पारदर्शिता देखाउन खोजे जब आफै प्रधानमन्त्री भय पारदर्शिताको सबै ढोका बन्द गरेका छन यो कुरा जनतालाइ बुझाउनु जरुरी छ।
नेपालमा सातवटा संविधान बनेका र ठूला राजनीतिक आन्दोलन भए तिनले साना साना मुद्दाको सुनुवाइ हुनु पर्ने थियो तर नागरिकलाई हामिले सामान्य सार्वजनिक सेवाका लागि लाइनमा बस्नुपर्ने संस्कार सिकाउन सकेनौ, सार्वजनिक शौचालय सफा राख्नुपर्ने जिम्मेवारी र नागरिक अनुशासनबारे पर्याप्त शिक्षा दिन नसकिएको टिप्पणी गर्नुभयो ।
विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने विषयमा पनि उहाँले प्रश्न उठाउनुभयो । राजनीतिक विचार र सिद्धान्त बुझ्ने तथा छलफल गर्ने विषयलाई अपराध जस्तो व्यवहार गर्दै विद्यालयलाई शान्ती क्षेत्र घोषणा गर्नु राजनितिक सस्कार जान्ने कुरालाई हामिले अपराध जस्तो गरि मृत्यु पत्रमा हस्ताक्षर गरिएको उहाँको टिप्पणी थियो ।देश सहि तरिकाले चल्नलाई “दुईवटा कुरा लयमा चल्नुपर्छ—विद्यालय र न्यायालय । तर दुवै लयमा चलेका छैनन्,” उहाँले भन्नुभयो ।
कृषि क्षेत्रको अवस्थाबारे धारणा राख्दै गिरीले वास्तविक कृषकको लगानी डुब्ने तर कृषकलाई औजार तथा सामग्री बिक्री गर्ने व्यापारी धनी हुने अवस्था रहेको बताउनुभयो । नीति निर्माण गर्दा वास्तविक उत्पादन गर्ने कृषकको समस्या र आवश्यकता नबुझेर कृषि सामाग्रीको ब्यापार गर्ने ब्यापारिलाई कृषक ठानेर नीति बनाएका छौ, उहाँले कृषकको पहिचान र कृषि नीतिमा पुनर्विचार गर्नुपर्ने संकेत गर्नुभयो ।
सुदूरपश्चिमको बाजुरा जिल्लाको पैदलयात्रामा रहँदा बाजुराका महिलासँग भएको संवाद सुनाउँदै उहाँले जनताले बुझ्ने भाषामा राजनीति र विकासका कुरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुई वर्ष लाग्ने सडक बालेनले डेढ वर्षमै बनाउने भन्ने कुरा त्यहाको महिलाले बुझेको र जनतामाझ परेको प्रभावलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले जनताको बुझाइ र अपेक्षालाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले माओको भनाइ उद्धृत गर्दै ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ भन्ने प्रसंगबाट वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्नुभयो । अहिले शोक धुन बजेको छ तर जनताले यो नाच्ने धुन हो भनेर नाचिरहेका छन,अहिले जनतामाझ बजिरहेको राजनीतिक धुनको वास्तविक अर्थ बुझाउनुपर्ने भन्दै उहाँले गलत राजनीतिक भाष्य र भ्रम चिर्न पार्टीले प्रभावकारी संवाद गर्नुपर्ने बताउनुभयो । कांग्रेसले पनि जनतासँग भेटघाट र संवाद गर्न छोड्न नहुने उहाँको धारणा थियो । पार्टीले आफ्नै मौलिकता र जनतासँगको सम्बन्ध जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांगठनिक विषयमा गिरीले जिल्ला, प्रदेश तथा भ्रातृ संगठनका अधिवेशन तत्काल गर्नुपर्ने माग राख्नुभयो । पार्टीको प्रदेश सरकारबाट बाहिरिने निर्णयले पार्टीलाई फाइदा नभई घाटा पुगेको उल्लेख गर्दै उहाँले संगठनात्मक एकता र आत्मबल कायम राख्नुपर्ने बताउनुभयो ।
कांग्रेस आफुलाई राजमार्गमा ट्र्याक्टर कुदाय जस्तो भएको छ, राजमार्गमा भल्सवागन गाडी कुदे जस्तो व्यवस्थित, गतिशील र प्रभावकारी गराउनु पर्ने धारणा राख्नुभयो ।










