प्यूठान, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ ।
राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका गौतमले विहीबार नै शपथ लिनुभएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले गौतमको नामलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहीबार गौतमलाई राष्ट्रिय सभाका लागि मनोनीत गर्नुभएको हो । राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले गौतमलाई मनोनीत गर्नुभएको बताउनुभयो ।
नेता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।
गत सोमबार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेता गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
