> राजनीति > जिसस प्यूठानमा गठबन्धनका उम्मेदवार सर्वसम्मत निर्वाचित


जिसस प्यूठानमा गठबन्धनका उम्मेदवार सर्वसम्मत निर्वाचित

प्यूठान । जिल्ला समन्वय समिति प्यूठानमा गठबन्धनका उम्मेदवार सर्वसम्मत रुपमा विजयी भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले पद बाँडफाँड गरेर उम्मेदवारी दिएका थिए ।

 

समन्वय प्रमुखमा कांग्रेसका धरम बहादुर जिसी र उपप्रमुखमा माओवादीका दुर्गा रेग्मी विजयी हुनुभएको छ । सदस्यमा कांग्रेसका टोपाराम कालाथोकी, माओवादीका तारा वि.क., निर्मला पोख्रेल र राष्ट्रिय जनमोर्चाका गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी र रेकम रसाईली निर्वाचित हुनुभएको छ ।

 

निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश श्यामलाल घिमिरेले सपथ खुवाउनुभएको छ ।
नेकपा एमालेले भने उम्मेदवारी नै दिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *