प्यूठान । झिमरुक गाउँपालिका–८, दिहाल्नामा सञ्चालित लालीगुराँस टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि रोयल झुङ्दी क्रिकेट क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा तुषारा क्रिकेट क्लबलाई पराजित गर्दै रोयल झुङ्दी च्याम्पियन बनेको हो ।
उपाधि विजेता रोयल झुङ्दीले ट्रफी, प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता तुषाराले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
समापन समारोहमा झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभयो । उहाँले स्थानीय खेलाडीको प्रतिभा विकास र खेल संस्कृतिको प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा कार्तिक ७ गतेदेखि सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।











