> खेलकुद > ओमान सँग नेपाल झिनो रनले पराजित


ओमान सँग नेपाल झिनो रनले पराजित

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २२ माघ ।
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत भएको पहिलो खेलमा नेपाल पराजित भएको छ । ओमनसँगको आज भएको एक दिवशीय खेलमा नेपाल झिनो रन अन्तरले पराजित भएको हो ।
त्रिवि खेल मैदान किर्तिपुर काठमाण्डौमा भएको खेलमा नेपाल १८ रनले हारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १९७ रन बनाएको थियो ।
१९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा आफ्नो सवै विकेट गुमाउन पुग्यो । जसमा नेपालले १७९ रन मात्र बनाउन सक्यो । खेलको ओपनिङका रुपमा गएका पारस खड्का र क्याप्टेन ज्ञानेन्द्र मल्लले दोहोरो अंक जोड्न नसक्दा नेपालले हार बेहोर्नुपरेको हो । पारसले ३ र ज्ञानेन्द्रले १ रन मात्र बनाएका थिए ।
सिरिजको पहिलो खेलमै पराजित भएपछि नेपाल विश्वकप लिग २ मा अंक विहिन बनेको छ । जितपछि ओमानले १० अंक जोडेको छ । सिरिज अन्तर्गत नेपालले अर्को खेल अमेरिकासँग खेल्नेछ । बिहीवार अमरिका र ओमनबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *