प्यूठान । नेपाली कांग्रेस प्यूठान १ नं. क्षेत्रीय समितिको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि नेत्रमणी पौडेल (माण्डवी), नबिल बिक्रम शाह (ऐरावती), दुर्गा बहादुर बुढाथोकी क्षेत्रीको उमेदवारी परेको हो ।
क्षेत्रीय समितिको उपसभापतिमा सुवर्ण श्रेष्ठ, सचिवमा पुनाराम खत्री र रेशम बहादुर थापा, सहसचिवमा सतिस केसीको उम्मेदवारी परेको हो ।
भोलि मंगलबार हुने निर्वाचनमा यस क्षेत्रका ६०४ जना प्रतिनिधि सहभागी हुनेछ्न ।





