प्यूठान । नेकपा एमाले झिमरुक गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको छ ।
इन्द्रमणी पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्ष पदम बहादुर खड्का, सचिव धुर्वराज खनाल, उपसचिव लिला जिसी, उप सचिव(समावेशी) सरस्वती पोख्रेल लगायत सदस्य रहनुभएको छ ।
त्यसैगरि माण्डवी गाउँपालिकाको अध्यक्षमा याम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष मुक्ति प्रसाद पौडेल, सचिव विशाल खड्का, उप सचिव हेम बहादुर अधिकारी, उप सचिव(समावेशी) सरिता थापा निर्वाचित हुनुभएको छ ।
