प्यूठान । नौबहिनी गाउँपालिकाको दुई ठाउँमा झडप भएको छ । मतदान सकिएपछि नौबहिनी गाउँपालिका वडा नं. २ लिघामा झडप भएको हो ।
नेरा प्रावि फाउने पोखरी बुथमा उपाध्यक्ष पदका उम्मेदवार घन बहादुर बुढा सचिनले एमालेका एक जना कार्यकर्तालाई कुटपिट गरेको एमालेको आरोप छ । मतदानकाे विषयमा विवाद हुँदा सचिनले कुटपिट गरेकाे बताइएकाे छ ।
उक्त घटनापछि ज्ञान ज्योती आधारभुत विद्यालयको बुथमा झडप भएको हो । घटना सामान्य भैनसकेको स्थानीयले बताएका छन्े ।