प्यूठान । आज भदौ २६ गते बिहान ११ बजेदेखि ४ बजेसम्म प्यूठान नगरपालिका-३ बतासेडाँडा क्षेत्रमा आवत-जावत गर्न रोक लगाइएको छ ।
यहाँ रहेको सशस्त्र प्रहरी बलको गुल्म परिसर भित्र हुल तथा दंगा ब्यबस्थापन अनुशिक्षण तालिम अन्तर्गत ग्याँस, गोला फायरिङ तालिम संचालन हुने भएकाले यस्तो रोक लगाइएको हो ।
गुल्मको अनुरोधमा स्थानीयलाई आवत जावत नगर्न र चरन लगायतका कृयाकलाप नगराउन अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयो ।






