प्यूठान । सवारी दुर्घटनामा स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको असमायिक निधन प्रति गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशले दुःख व्यक्त गरेको छ ।
एक शोक बक्तव्य जारी गर्दै महासंघले उपप्रमुख रानाको निधनले स्थानीय सरकारले उक कर्तव्यनिष्ठ जनप्रतिनिधि गुमाएको उल्लेख गरेको छ ।
रानाको शनिवार (असार १३ गते) साँझ स्वर्गद्धारीबाट धनवाङ तर्फ जाँदै गर्दा बाङ्गेसल्ला भन्ने ठाँऊमा सवारी दुर्घटनामा ज्यान गएको हो ।
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको सवारी दुर्घटनामा ज्यान गयो






