स्थानीय सरकार

ऐरावतीको नीति तथा कार्यक्रम : एक घर, एक सफा खानेपानी धारा (पुर्णपाठ सहित)

सागर रिजाल
बरौला । ऐरावती गाउँपालिकाले दिगो बिकास लक्ष्यको बुँदा नम्बर ६ ले समेटेको स्वच्छ पानी र सरसफाइ पूरा गर्न “एक घर, एक सफा खानेपानी धारा” कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष नबिल बिक्रा शाहले संघीय र प्रादेशिक समन्वय र नेवा परियोजनाको लागत सझेदारीमा खानेपानी आयोजनाहरूलाई तीव्रता दिइने उल्लेख गर्नुभयो ।

पानीको शुद्धता मापनका लागि पालिका स्तरमा एक वाटर `टेस्टिङ ल्याब’ को सुरुवात गर्ने नीति अघि सारिएको छ ।

गाउँपालिकाले स्थानीय कच्चा पदार्थमा आधारित “एक वडा, एक घरेलु उद्योग” कार्यक्रम ल्याएको छ । बाँस, निगालो, कफी, मौरीपालन, दुना टपरी जस्ता कच्चा पदार्थमा आधारित साना उद्योग स्थापनाका लागि साझा सुविधा केन्द्रको स्थापना गर्ने भएको छ ।

“कृषि, पर्यटन, रोजगारीको बढाँउदै गति, शान्त, सुन्दर, समून्नत बनाऔं ऐरावती” भन्ने मूल नाराका साथ गाउँ सभाको २० औ अधिबेशनमा अध्यक्ष शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई बिषयगत क्षेत्रका आधारमा ११ बुदाँमा समेटिएको छ ।

२०८३/०८४ को प्राथमिकताका क्षेत्रहरु :
१. निशुल्क र अनिवार्य शिक्षा ।
२. गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा ।
३. दिगो पूर्वाधार विकास ।
४. कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा कायम गर्नु ।
५. स्थानीय कच्चा पदार्थमा आधारित घरेलु, साना तथा मझौला उद्योगधन्दा ।
६. पर्यटन र खेलकुद विकास, कला संस्कृतिको संरक्षण
७. प्राकृतिक स्रोतको उपयोग
८. उद्यमशिलता, रोजगारी सिर्जना तथा नवप्रवर्तन ।
९. वातावरण संरक्षण तथा विपद व्यवस्थापन ।
१०. लैङ्गिक समानता र सामाजिक समावेशीकरण ।
११. प्रविधिको उपयोग गरी सुशासन प्रबर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह ।

नीति तथा कार्यक्रमको पुर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस ।

Related Articles

Back to top button