> स्थानीय सरकार > नौबहिनीमा जनमोर्चा बाहेक गठबन्धनबीच सहमति नजिक


नौबहिनीमा जनमोर्चा बाहेक गठबन्धनबीच सहमति नजिक

प्यूठान । नौबहिनी गाउँपालिकामा नेपाली कांग्रेसले शिव रिजाललाई पालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । रिजालको नाम सर्वसम्मत रुपमा चयन गरिएको नेपाली कांग्रेस नौबहिनी गाउँपालिकाले जनाएको छ ।

 

नौबहिनीमा जनमोर्चा बाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र बीच चुनावी तालमेलको तयारी छ । जनमोर्चा बाहेकका दलबीच पद बाँडफाँडमा सहमति नजिक पुगको स्रोतले जनाएको छ ।

 

प्राप्त जानकारी अनुसार उपाध्यक्ष माओवादीलाई दिने गरि छलफल भएकाे छ । त्यसैगरी १ नम्वर वडा नेकपा एकीकृत समाजवादीलाई, २, ३ र ४ नम्वर वडा माओवादीलाई, ५, ६ र ७ नम्वर वडा कांग्रेसलाई दिने गरि छलफल अघि बढेको छ । ८ नम्वर वडामा माओवादी र कांग्रेस दुवैले दावी गरेका छन् ।

 

राष्ट्रिय जनमोर्चालाई एक पटक बैठकमा बोलाएको र त्यसपछि छलफलमा नबाेलाएको जनमोर्चाका नेता राम पहाडीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *