> स्थानीय सरकार > माण्डवी गाउँपालिकाको भवन संस्थापक मुख्यमन्त्री पोख्रेलद्धारा उद्घाटन


माण्डवी गाउँपालिकाको भवन संस्थापक मुख्यमन्त्री पोख्रेलद्धारा उद्घाटन

प्यूठान । माण्डवी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले भवनको एक कार्यक्रमका बीच आज उद्घाटन गनुभएको हो ।

पाँच करोड ८१ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो । आँशु मल्लरानी जेभीले भवन निर्माणको ठेक्का पाएको थियो । बैठक, इजलाश कक्ष सहित भवनमा २१ वटा कोठा रहेका छन् ।

भवन उद्घाटन कार्यक्रममा पुर्व जनप्रतिनिधि, जग्गादाता, निर्माण व्यवसायी, शहिदका परिवार, उत्कृष्ट कृषक, पशुपालक, व्यवसायी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सालैजो नाँच र पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीधर रोकाले पाँच वर्षभित्र पालिकाभित्र उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले प्रगति प्रतिवेदन सुनाउँदै गाउँपालिकाका सवै बस्तीहरुमा सडक सञ्जालले जोड्नुका साथै सडक स्तरोन्नती र कालो पत्रेको काम भएको बताउनुभयो ।

पालिकाका विभिन्न बस्तीमा एक घर एक धारा अभियान अन्तरगत खानेपानी सुविधा पुर्‍याएको उहाँको भनाई छ । स्थानीय पाठ्यक्रम निर्माण गरी शैक्षिक क्षेत्रको भौतिक तथा शैक्षिक विकासका लागि गतिविधि संचालन गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

पालिका भित्रका पाँच वटा स्वास्थ्य चौकीमा तीन वटा सामुदायिक स्वास्थ्य इकाई थप गरी स्वास्थ्य सेवा प्रवाह गरेको अध्यक्ष रोकाले बताउनुभयो । उहाँले पालिका स्तरीय अस्पताल निर्माण प्रक्रिया अगाडी बढेको समेत बताउनुभयो ।

 

अध्यक्ष रोकाले पालिका भित्रका सबै खरका छाना विस्थापित गरी जस्तापाता विरण गरेको, द्धन्द्धपीडितहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको, विपन्न परिवारलाई विद्युत मशसुल नि:शुल्क गराएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *