> स्थानीय सरकार > कांग्रेस-माओवादीले दावी गरेको वडा एमालेले जित्यो


कांग्रेस-माओवादीले दावी गरेको वडा एमालेले जित्यो

प्यूठान । कांग्रेस र माओवादी दावी गरेको वडामा एमालेले जितेको छ । पालिकाभर गठबन्धन भएपनि दुवै पक्षले दावी गरेपछि गौमुखीको ६ र ७ वडामा कांग्रेस र माओवादी एक्लाएक्लै चुनाव लडेको थियो ।

 

तर, गौमुखी ७ नारीकोटमा एमालेले जित हासिल गरेको छ । वडा अध्यक्षमा एमालेका कोमल पुरी विजयी हुनुभएको छ । उहाँले ५८३ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ३६५, माओवादीका वडा अध्यक्षका उम्मेदवारले २५८ र राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षका उम्मेदवारले २०३ मत पाउनुभएको छ । उक्त वडामा यसअघि नेपाली कांग्रेसले वडा जितेको थियो ।

वडा अध्यक्ष काेमल पुरी

गौमुखी ६ मा भने माओवादीले वडा जितेको छ । माओवादीका चन्द्र बहादुर खत्रीले ४७९ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका मोहन केसीले ४६६ र नेपाली कांग्रेसका दिपक खत्रीले २३३ मत प्राप्त गर्नुभएको छ ।

वडा अध्यक्ष न्द्र बहादुर खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *