आर्थिक/बिकासआर्थिकसमाज

फलफुल तथा तरकारी व्यवसाय जोखिमयुक्त भएको अध्यक्ष खतिवडाको भनाई

प्यूठान । फलफुल तथा तरकारी व्यवसाय जोखिमयुक्त व्यवसाय भएको केन्द्रिय अध्यक्ष भरत प्रसाद खतिवडाले बताउनुभएको छ । शनिवार प्यूठानको जुम्रीमा भएको फलफूल तथा तरकारी व्यवसाय संघको नवौं साधारण सभा तथा तेश्रो अधिबेशनको उद्घाटन गर्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खतिवडाले यस्तो बताउनुभएको हो ।

`अरु व्यवसाय भन्दा यो व्यवसाय अलि बढि जोखिमयुक्त छ ।´ ,उहाँले भन्नुभयो, `छिटो नोक्सानी ब्यहोर्नु पर्ने व्यवसाय हो ।´ फलफूल तथा तरकारी व्यवसायीले खरिद बिक्रीको मूल्य कायम गर्दा ह्रास प्रतिसतका कारणले भने जतिकै कमाई नहुने उहाँको भनाई थियो ।

केहि दशक अघिसम्म फलफूल तथा तरकारी व्यवसाय गर्ने अधिकांस भारतीय नागरिक हुने गरेको भन्दै उहाँले अहिले झण्डै ९५ प्रतिशत नेपालीले नै ब्यबसाय गर्दै आएको उल्लेख गर्नुभयो । जनताको भान्सा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो व्यवसायलाई तीनै तहका सरकारले व्यवसायीका पिर मर्का बुझ्नुपर्ने उहाँको भनाई थियो ।

अधिबेशनको उद्घाटन सत्रमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष अमृतबाबु भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख धरम जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान सिंह गिरी, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो

३५० सदस्य आबद्ध रहेको फलफूल तथा तरकारी व्यवसाय संघ प्यूठानले आफ्नै सचिवालय भवन निर्माणका लागि प्यूठान नगरपालिका-७ टिकुरीमा १ सय ४७ वर्गमिटर जग्गा खरिद गरेको संघका महासचिव टुकलाल न्यौपानेले बताउनुभयो ।

साधारण सभाको अवसरमा उत्कृष्ट ब्यबसायी, किसान लगायत विभिन्न बिधामा सम्मान गरिको संघका अध्यक्ष पदम थापाले बताउनुभयो । पत्रकारिता बिधा तर्फ प्यूठान समाचारकर्मी विजयसिंह भारती सम्मानित भएका छन ।

साधारण सभाबाट जिल्लामा कृषि उत्पादनलाई बढाउन किसानलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको र अधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति निर्वाचित गर्ने संघले जनाएको छ ।

Related Articles

Back to top button