> आर्थिक/बिकास > विजय फूलवारीको विस्तारित मञ्च सम्पन्न


विजय फूलवारीको विस्तारित मञ्च सम्पन्न

प्युठान । विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको सदस्य केन्द्रित सहकारी शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम विहीवार मुख्य कार्यालय जुम्रीमा सम्पन्न भएको छ ।

 

संस्थाका व्यवस्थापक प्रकाश वैद्यले संस्थाको परिचय, सहकारीको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग, शेयर सदस्यहरुको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

 

संस्थाले राहत कोषको कार्यक्रमलाई थप प्रभावकारी ढंगबाट सञ्चालन गर्ने तथा थप शेयर सदस्इ मैत्री कार्यक्रम सञ्चालन गर्न सदस्यबाट सुझाव प्राप्त भएको छ ।

 

संस्थाले शेयर सदस्य बिच सहकारी शिक्षा तथा विस्तारित मञ्च सञ्चालन गरी नीति तथा कार्यक्रमको बारेमा जानकारी गराई सुझाव संकलन गर्दै आएको छ । संस्थाको वार्षिक साधारण सभा इलाका अन्तर्गत असोज २० गते खलंगा, रातामाटा, सापडांडा, खैरा, धुवाङ र जस्पुर गरी ६ स्थानमा एकै पटक सञ्चालन गर्दैछ भने प्रतिनिधि मुलक निर्णय प्रमाणित भेला मुख्य कार्यालय जुम्रीमा असोज २२ गते सञ्चालन गर्दैछ ।

 

संस्थाका अध्यक्ष नेत्रमणि आचार्यको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा संस्थाका शेयर सदस्य, सल्लाहकार, सञ्चालक पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष राधा पुलामीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण सचिव मोहन सुवेदीले गर्नभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *