> राष्ट्रिय > भिंगृ-स्वर्गद्धारी सडक सुरक्षाका लागि ४ करोड विनियोजन


भिंगृ-स्वर्गद्धारी सडक सुरक्षाका लागि ४ करोड विनियोजन

प्यूठान । लुम्बिनी प्रदेश सरकारले भिंगृ-स्वर्गद्धारी सघन सडक सुरक्षा कार्यक्रमका लागि ४ करोड बजेट विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा आ.व. २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै विनियोजन गरेको उल्लेख गरेको छ ।

 

प्रदेशको मुख्य धार्मिक पर्यटकीय स्थल स्वर्गद्धारी जोड्ने भिंगृ-स्वर्गद्धारी सडकमा सवारी दुर्घटनाबाट हुने गरेको जनधनको क्षति न्यून गर्न सघ सडक सुरक्षा योजना अघि बढेको प्रदेश सभा सदस्य तुल्सीराम शर्माले जानकारी दिनुभयो ।

 

सुरक्षा सुरक्षाको लागि विशेष ध्यान दिन भन्दै नेकपा (एमाले) प्यूठानले जेठ ३१ गते प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएको छ । विभिन्न निकायमा गरिएको पहल र ध्यानकर्षणले प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गर्नु स्वागतयोग्य भएको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो ।

 

सवै क्षेत्रको सहकार्य र समन्वयमा भिंगृ-स्वर्गद्धारी सडकलाई सुरक्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *