प्यूठान । प्यूठान नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविका, किशोरी, आमा समूह र जनप्रतिनिधिहरुका लागि स्वास्थ्य पोषण तथा कानुनी सचेतना कार्यक्रम आज बिजुवारमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सम्बन्धि बिबिध विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको छ । कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र विशेष अतिथि नगरपालिकाका प्रमुख बिष्णु योगी रहनुभएको थियो ।
कार्यक्रममा मातृशिशु स्वास्थ्य बारे जुम्रीकाँडा स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक गोबिन्द केसी, पोषण स्वास्थ्य बारे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरे, उच्च रक्तचाप, मृगौला, मुटु, क्यान्सर लगायत नसर्ने रोगका बारेमा कौशल बैध र महिला प्रजन्न स्वास्थ्य बारे अधिवक्ता समेत रहनुभएकी लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले प्रशिक्षण दिनुभएको थियो भने सो सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो ।






