> समाज > मल्लरानीका ६ वटा विद्यालयमा कम्प्युटर हस्तान्तरण


मल्लरानीका ६ वटा विद्यालयमा कम्प्युटर हस्तान्तरण

कृष्णराज पाण्डेय
विजुवार, २२ असार । मल्लरानी गाउँपालिकाले विभिन्न ६ वटा विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेको छ । प्रविधिमैत्री शिक्षाको अवधारणा अनुसार पालिकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले प्रविधीमैत्री शिक्षाको अवधारण अनुसार कम्युटर हस्तान्तरण गरको बताउनुभयो । कम्प्युटर हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत थापाले यसको समुचित प्रयोग गर्न आग्रह गर्नुभयो ।

बालबालिका र शिक्षकहरुमा प्रविधि प्रयोगको विकास गराउने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको स्रोत व्यक्ति दिनामणि पौडेलले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुको सिकाई उपलव्धी, अतिरिक्त क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

यस बर्ष माध्यमिक विद्यालयलाई ३ वटाका दरले र आधारभुत विद्यालयलाई १ वटाका दरले १२ कम्युटर हस्तान्तरण गरिएको हो । यस वर्ष शारदा माध्यमिक विद्यालय चौरपानी, सरस्वति आधारभुत विद्यालय बन्चरे, जनकल्याण आधारभुत विद्यालय चौथीलगाउने, जनता मावि लुक्का, जनजागृत मावि कसेरी, खलंगा आधारभुत विद्यालय खंलगालाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *