प्यूठान । जिल्लाका एक उद्योगी व्यवसायी माथि सरुमारानी गाउँपालिका–६ मा भौतिक आक्रमण भएको छ । ललित होटल तथा ललित निर्माण सेवा बाग्दुलाका संचालक दधिराम भण्डारी माथि भौतिक आक्रमणको घटना भएको हो ।
निर्माण कार्यको सिलसिलामा कार्यक्षेत्रमा खटिएकै अवस्थामा सांघातिक आक्रमण भएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनाको चौतर्फि विरोध भएको छ ।
प्यूठान उद्योग बाणिज्य संघले विज्ञप्ती प्रकाशन गरेर घटनामा संलग्न दोषिलाई कानुनी कारवाहीको माग गरेको छ । कार्यस्थलमै ज्यान लिने गरी भएको आक्रमणले व्यवसायलाई असुरक्षित महसुस गराएकोले सुरक्षित तवरले व्यवसाय संचालनको वातावरण तयार गर्न संघका अध्यक्ष सन्देश आचार्यले सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
घटनाको कारण खुल्न सकेको छैन । प्रहरी श्रोतका अनुसार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।





