प्यूठान । ऐरावती गाउँपालिका-२ देउरालीमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । उपचारका लागि जिल्ला बाहिर लैजादै गर्दा बाटोमा ज्यान गएको हो ।
ऐरावती गाउँपालिका -१ दाङवाङका ६५ वर्षीय सुकबहादुर नेपालीको ज्यान गएको हो ।
बिजुवारबाट दाङवाङ जाँदै गरेको लु १ ज १६६९ नम्बरको सवारी जीप बुधवार साँझ दुर्घटना हुँदा १४ जना घाइते भएका थिए ।
घाइतेहरुको निमतारा पोलिक्लिनिक र जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । ७ जनालाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
