> राष्ट्रिय > करेन्ट लागेर प्युठानमा अर्का एक ब्यक्तिको मृत्यु


करेन्ट लागेर प्युठानमा अर्का एक ब्यक्तिको मृत्यु

प्युठान । झिमरुक गाउँपालिकामा करेन्ट लागेर अर्का एक ब्यक्तिको ज्यान गएको छ । झिमरुक गाउँपालिका-६ चिचिण्डेका ५४ वर्षीय धन बहादुर पुनको ज्यान गएको हो ।

 

पुनको बुधबार साझ झिमरुक गाउँपालिका-५ मा चुधारामा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको झिमरुक गाउँपालिका-६ का वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । ‘५ नम्बरमा गोठमा बस्दै आउनुभएको थियो,’ अध्यक्ष पुनले भन्नुभयो,’घर फर्किने क्रममा बाली जोगाउन बिछ्याइएको करेन्ट लागेछ ।’

 


घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिनुभयो । रातीमा घटना भएको र बिहान प्रहरीमा खबर आएको उहाँले बताउनुभयो ।
यसअघि प्युठान नगरपालिका-३ मा बदेललाई थापेको करेन्ट लागेर एक जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *