प्यूठान । ऐरावती गाउँपालिका-१ छेडाघाटमा आगलागी हुँदा १३ घर ११ गोठ जलेर नष्ट भएको छ । गएराती भएको आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षेती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय लक्षमण रानाको फुसले छाएको गोठबाट शुरु भएको आगो रातभर लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि भट्टराईका अनुसार क्षतिको विवरण यस प्रकार छ :
१) देवान सिंह रानाको १ फुसले छाएको गोठ पुर्णरुपमा जलि नष्ट भएको,
२) बिकाश रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको,
३) लक्ष्म रानाको गोठ पुर्णरुपमा जलि नष्ट भएको,
४) इश्वरी रानाको कच्चि घर पुर्ण रुपमा जलि नष्ट भएको, भाडावर्तन, लत्ताकपडा, खाद्यान्न, ३ गोरु, १५ बाखाको मृत्यु भएको,
५) रमेश घर्तीको १ घर, १ गोठ पुर्ण रुपमा जली नष्ट भएको ६ बाख्राको मृत्यु, भाडावर्तन, लत्ताकपडा, आधा तोला सुन, नगद रु.५०,०००।- (पचास हजार) जली नष्ट भएको,
६) ओम बहादुर रेश्मी मगरको १ घर, २० २ गोठ पुर्णरुपमा जली नष्ट भएको ३३ बाख्राको जली मृत्यु भएको, भाडावर्तन, खद्यान्न, लत्ताकपडा, नगद रु. ७१,५००।- (एकहत्तर हजार पाचँ सय) जली नष्ट भएको,
७) भुपाल रोकाको १ घर, १ बाख्रा पुर्णरुपमा जली नष्ट, १८ बाख्रा जलि मृत्यु, बाडावर्तन, लत्ताकपडा, नगद रु.२,००,०००।- (दुई लाख), आधा तोला सुन जली नष्ट भएको,
८) गुमा रजालिको १ घर १ गोठ, १ बङ्गुर, लत्तकपडा भाडाबर्तन खाद्यान्न जली नष्ट भएको,
९) बल बहादुर रजालीको १ घर, १ गोठ, लत्ताकपडा खाद्यान्न, भाडाबर्तन जली नष्ट भएको,
१०) झबिन्द्र रजालीको १ घर १ गोठ भाडाबर्तन, लत्ताकपडा र खाद्यान्न जली नष्ट भएको,
११) घन ब. रानाको १ घर १ गोठ १५ बाख्रा २ गोरु ४ कुखुरा र अन्य भाडाबर्तन, खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको, भाडावर्तन, खाद्यान्न
१२) देव ब. रजालीको १ गोठ, १५ वटा बाख्रा जली मृत्यु भएको र ह
१३) डिला रजालीको १ गोठ, १ बाख्रा घाईते, दुई गोरु जलि मृत्य भएको
