> समाज > प्यूठानका सवै विद्यालय बन्द


प्यूठानका सवै विद्यालय बन्द

प्यूठान, १४ बैशाख । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि भैरहेका विभिन्न प्रयासहरुसँगै जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् ।

 

आज बसेको डिसिसिएमसीकाे आकस्मिक बैठकले बुधवारबाट लागु हुने गरी विद्यालयका सम्पूर्ण पठनपाठन, परीक्षा सवै बन्द गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

 

बैशाख २९ गतेसम्म विद्यालयहरु बन्द हुनेछन् । विद्यार्थीहरुमा समेत कोरोना भाईरस संक्रमण देखा परेपछि विभिन्न विद्यालय र पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका थिए । अब सवै विद्यालयहरु बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *