प्यूठान । क्षयरोग सम्बन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
विश्व क्षयरोग दिवसको अवसर पारेर फोर्टीनाइन मल्टिटेक्निकल इनिष्टिच्युटका विद्यार्थीहरुले बिजुवार मित्रमणी चोकमा नाटक प्रदर्शन गरेका हुन । स्वास्थ्य कार्यालय प्यूठान र बिराट नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) प्यूठानको संयुक्त आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो ।
नाटकमा क्षयरोग लाग्नुको कारण, जाँच गराउनुपर्ने महत्व, लक्षण, उपचार बिधी र रोकथामका बिषय समेटिएको बिएनएमटी प्यूठानका संयोजक शिखर गौतमले जानकारी दिनुभयो ।
