> समाज > आयोजनाहरु अनुगमन गर्दै लुम्बिनी प्रदेशका मन्त्री रोज राणा


आयोजनाहरु अनुगमन गर्दै लुम्बिनी प्रदेशका मन्त्री रोज राणा

प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा संचालित विकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । बिहिबार प्रदेश सरकारका मार्फत संचालनमा रहेका सडक र पुल आयोजनाहरुको अनुगमन गर्नुभएको हो ।

 

आयोजनाहरुको अनुगमन गर्दै उहाँले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । ‘प्यूठानी जनताको साथ, सहयोग र सद्भावबाट केहि आयोजनाहरु प्रदेश सरकारले संचालन गरिरहेको छ ।’ ,उहाँले भन्नुभयो, ‘बाँकी रहेका काम सम्पन्न गर्ने योजना निर्माणका लागि अनुगमनमा आएका छौं ।’ मन्त्री राणाले बाग्दुला–मच्छी सडक, दम्ती–बाहाने सडक, दोभाई, कुटीचौर–किटघाट र मच्छी–पिडाल्ने पक्की पुलको अनुगमन गर्नुभएको हो ।

 

आगमी वर्ष बन्ने बजेटबाट चालु अवस्थामा रहेका आयोजनाहरु सम्पन्न गर्ने गरी योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘आयोजना कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छौं’ ,उहाँले भन्नुभयो, ‘आगामी आउने सरकार वा हामीहरु सरकारमा रहेमा आयोजना सम्पन्न गर्ने गरी बजेट निर्माण हुन्छ ।’

 

आयोजनालाई दिगो रुपमा उपयोगमा ल्याउने गरी थप कार्यहरुको बारेमा समेत अनुगमनका क्रममा छलफल गरिएको उहाँले सुनाउनुभयो ।