प्यूठान, ९ असार । नेपाल पत्रकार महासंघ प्यूठानलाई जिल्लाको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले स्यानिटाइजर र मास्क प्रदान गरेको छ ।
कोरोना महामारीका बेला फ्रन्ट लाइनमा काम गर्नुपर्ने हुँदा जोखिमबाट बच्नका लागि प्रालिले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
३५ थान ह्यान्ड स्यानिटाइजर र ३५ थान केएन ९५ मास्क प्रालिका अध्यक्ष सुनिल बस्नेतले हस्तान्तरण गरेको महासंघका अध्यक्ष महावीर रानाले जानकारी दिनुभयो ।
प्रालिले जिल्लामा करीव दुई लाख रुपियाँ बराबरको मास्क र स्यानिटाइजर वितरण गर्ने जनाएको छ । लकडाउनका कारण व्यवसायीहरु मारमा परिरहेका बेला समेत प्रालिले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सहयोग गर्न थालेको जनाएको छ ।
