> समाज > फिल्मी क्षेत्रका ती दिन सम्झदै रोज राणा, `कलाकारिता क्षेत्रमा मेरो लगाव छ´ (भिडियो सहित)


फिल्मी क्षेत्रका ती दिन सम्झदै रोज राणा, `कलाकारिता क्षेत्रमा मेरो लगाव छ´ (भिडियो सहित)

प्यूठान । कलाकारिता क्षेत्रमा आफ्नो लगाव रहेको रोज राणाले बताउनुभएको छ । एक कार्यक्रमको उद्घाटनको सिलसिला उहाँले कलाकारिता क्षेत्रमा गरेको कामको स्मरण गर्नुभयो ।

 

`मैले ९ वटा चलचित्र निर्माण गरेको छु ´ ,उहाँले भन्नुभयो, `चार वटामा अभिनय गरेको छु, दुई वटा फिल्म मैले निर्देशन गरेको छु ।´ यी कामले गर्दा यस क्षेत्रमा आफ्नो लगाव रहेको उहाँको भनाई थियो ।

 

भानुभक्त माध्यमिक विद्यालय बर्बोट प्यूठानको स्वर्ण महोत्सव उद्घाटनको क्रममा वडाध्यक्ष नोमराज पौडेलले स्वागत गीत तथा नृत्य अबलोकनका लागि अनुरोध गर्दै गर्दा उहाँले यस्तो बताउनुभएको हो ।

 

रोज राणा हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ । प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ प्यूठानबाट उहाँ निर्वाचित प्रदेश सांसद हो ।