> आर्थिक/बिकास > सडक मर्मत गर्न व्यावसायिको ध्यानाकर्षण


सडक मर्मत गर्न व्यावसायिको ध्यानाकर्षण

प्युठान । प्युठान उद्योग वाणिज्य संघले जिल्लाको सडक अबस्था सुधार गर्न ध्यानाकर्षण गराएको छ ।

 

भालुवाङ–प्यूठान–रोल्पा सडक खण्डको बागासोतीमा ओटासिल सडक भत्किँदा लामो समयदेखि सहज आवागमनमा बाधा पुगेको र भिंगृ–स्वर्गद्वारी सडक खण्डको रुमाले (डाँडाखर्क)मा पहिरो जाँदा सडक साधुरो भएको बिषयमा संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो  ।


लामो समयदेखि सडक बिग्रेकाले आवत–जावतमा समस्या भएको र आगामी दिनमा सडक नै बन्द हुने जोखिम रहेको अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *