प्यूठान, ४ पुस । नेपाल प्रहरीले आह्वान गरेको प्रहरी जवान पदका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा मात्र १ हजार ५८९ जनाले आबेदन दिएका छन् । आवेदन परेकामध्ये महिलाको आकर्षण पनि बढेको छ ।
आवेदकमध्ये ४५९ जना महिला छन् । आवेदन बढ्नुले प्रहरी जागिरमा आकर्षण बढेको देखिने जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो । कोभिड–१९ संकटका कारण अन्यत्र अवसर कम भएकाले पनि आवेदन बढेको हुन सक्ने उहाँको भनाई छ ।
कोभिड–१९ महामारीपछि आर्थिक क्षेत्रमा परेको असरले पछिल्लो समय बेरोजगारी बढ्दो छ । सोहीकारण सरकारी जागिरमा आकर्षण बढेको आकलन गरिएको छ । यस वर्ष ५ हजार २२७ पदमा भर्ना खुलाइएको थियो
