> समाज > जनता माध्यमिक विद्यालय बाग्दुलामा सिकाई मेला


जनता माध्यमिक विद्यालय बाग्दुलामा सिकाई मेला

प्यूठान । जनता माध्यमिक विद्यालय बाग्दुलाले सिकाई मेलाको आयोजना गरेको छ । विद्यार्थीहरुको दिगो बिकास तथा क्षमता बृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरेको हो ।

 

मेलामा परम्परागत सामाग्री, स्थानीय परिकार, सराय नाँच, भजन, दुना टपरी, वत्ति काट्ने सीपको प्रदर्शन गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो । अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, लेखा, प्रविधि र स्थानीय गरि मेलामा ६ वटा विषयगत स्टल राखिएको छ ।

 

सिकाइ सुधारका लागि नियमित अभिभावक शिक्षा, शैक्षिक सुधारका लागि स्थानीय शैक्षिक सामाग्रि निर्माण तथा प्रयोग, शैक्षिक अबलोकन भ्रमण, प्राबिधिक शिक्षा लगायतका गतिविधिहरु संचालन गर्ने गरिएको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो ।

 

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावक तथा छिमेकी विद्यालयका प्रतिनिधिहरुले मेलाको अबलोकन गरेका छन् ।

तस्बिरहरु : श्रीराम भण्डारी