> समाज > प्यूठानमा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित, प्राकृतिक फूलमालामा जोड


प्यूठानमा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित, प्राकृतिक फूलमालामा जोड

प्यूठान । जिल्लामा प्लाष्टिक जन्य फूलमालाको प्रयोगमा निरुत्साहित गरिएको छ । प्राकृतिक फूल र मालाको प्रयोगमा जोड दिँदै प्लाष्टिकजन्य फूल र माला विक्रि वितरणमा रोक लगाइएको छ ।

 

वातावरण संरक्षण ऐन, २०७३ अनुसार प्यूठानका स्थानीय तहहरुले प्लाष्टिकजन्य फूल र माला विक्रि वितरणमा रोक लगाएका हुन् । ‘ऐन अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्रि वितरण वा भण्डारी गर्न प्रतिवन्ध लगाइएको छ ।’ ,माण्डवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव पोख्रेलले भन्नुभयो, ‘यस्ता मालाले वातावरणीय प्रदुषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्छ ।’

 

पालिकाहरुले स्थानीय स्तरमा उत्पादन भएका सयपत्री र मखमली लगायतका प्राकृतिक फूलहरुको प्रयोग गर्न अनुरोध गरेका छन् । पालिकाहरुको सहयोगमा प्राकृतिक फूलहरुको उत्पादन समेत भएको उनीहरुले बताएका छन् । साथै पाकिलाहरुले पटाकाहरुको आयात, उपयोगमा समेत निषेध गरेका छन् । पटाकाहरुको प्रयोग गरेको पाइएमा कानुन बमोजिम कार्वाही हुने प्यूठान नगरपालिकाले जनाएको छ ।

 

प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, सरुमारानी, माण्डवी, गौमुखी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि फूलहरुको पर्व तिहारमा प्राकृतिक फूलहरुको प्रयोग गरी हर्षउल्लाहसका साथ पर्व मनाउन अनुरोध गरेका छन् ।